प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब छ भनेर ओली समूहले भ्रम फैलाए : प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदा प्रचण्ड २१ अर्ब लिन गयो भन्दै भ्रम फैलाउने काम केपी ओली र समूहबाट भएको आरोप लगाएका छन् ।

‘म पोहोर–परार दुबई गएको थिएँ । भनियो, त्यहाँ २१ अर्ब प्रकाशको नाममा छ रे । यस्तो झूट कति भनियो, कति प्रचार गरियो ? प्रकाश मरेर गयो प्रकाशको नाममा दुबईको बैंकका २१ अर्ब ? १ पैसा दुनियाँको कुनै बैंकमा छ भनेर देखाइदियो कसैले भने म जस्तोसु्कै सजाय भोग्न तयार छु’, शुक्रबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा प्रचण्डले भने । उनले सांसदको रुपमा एभरेस्ट बैंकमा खाता रहेको र त्यसबाहेक कहीँकतै रकम नभएको दावी गरे ।

‘अब केपी ओलीसँग छैन, प्रचण्डसँग छ ? कहाँ छ, ल प्रमाणित गरेर देखाइदिए भयो नि’ भन्दै आफूबारे अनावश्यक हल्ला फैलाउने काम ओलीहरुबाटै भएको आरोप उनको छ ।
प्रचण्डले भने, ‘केपी जस्ताले भन्ने फेरि, जो टुपीदेखि पैँतालासम्म भ्रष्टाचार हो भन्नेकुरा जनताले देखिसके ।