शिवजीलाई १ सय ८ किलो सुन दिएको हो, श्रीमतीलाई झुम्के बुलाकी दिएको हैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी बनाउन सरकारले दिएको ३० करोड रुपैयाँको बचाउन गरेका छन् ।

उनले आफ्नो ब्यक्तिगत प्रयोगका लागि नभई पशुपतिनाथलाई दिएकोमा आलोचना गर्नुको अर्थ नभएको बताएका हुन् । मंगलबार झापामा गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘कसैलाई भ्रष्टाचार गर्न दिएको त हैन नी । पशुपतिनाथलाई दिएको हो । मैले श्रीमतीलाई कुण्डली, तिलहरी झुम्के बुलाकी हालिदिएको हैन, शिवजीलाई दिएको हो १ सय ८ किलो ।’

उनले आफूले प्रधानमन्त्रीको नेतृत्व गरेपछि ठूला–ठूला पूर्वाधारका काम गरेको दावी गरे । आफ्नो काम देखेर आफूलाई रोक्न खोज्नेहरू बढेको उल्लेख गरे । उनले भने– ‘लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल अब तयार हुन लागेको छ ।