म जीवित छु त्यसैले मलाई घेराबन्दीमा पारिएको छ : प्रचण्ड

नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकले प्राप्त गरेको परिवर्तनलाई उल्ट्याएर फेरि अनिष्ट निम्त्याउन खोजिएको बताएका छन्।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई नै उल्ट्याउने ठूलो षणयन्त्र भईरहेको बताएका हुन। मुलुकले प्राप्त गरेका उपलब्धि र परिवर्तन मन नपराउने देशभित्रका प्रतिक्रियावादी शक्ति र देश बाहिरका दक्षिण पन्थी प्रतिक्रियावादी शक्ति मिलेर वरिवर्तन उल्ट्याई छाड्ने कसरतमा लागि परेको उनले दाबी गरे।

अध्यक्ष प्रचण्डले आफूहरुको आन्दोलनको बलमा संसद विघटन बदर भएपनि फेरि त्यस्तै घटना दोहोरिएको उल्लेख गरे। सर्वोच्चको पछिल्लो फैसलाप्रति इंकित गर्दै उनले भने, ‘तीन वर्षपछि जन्मेको बच्चालाई आमाकै गर्भमा फिर्ता पठाउ भन्ने जस्तो अनौठो र अस्वभाविक परिघटना देख्नु परेको छ । हुनै नसक्ने कुरा पनि हुन थालेको छ । यसले देशमा केही अनिष्ठ हुँदैछ भन्ने शंकेत हो।

मुलुकले प्राप्त गरेको उपलब्धी र परिवर्तनलाई कुल्चेर मुलुकलाई तानाशाही र निरकुंशता तर्फ लैजान खोजियो भने फेरि एक पटक शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी आउन सक्ने बताए। अन्दोलन शान्तिपूर्ण हुने पनि उनले बताए। परिर्वतनका लागि महत्वपूर्ण भूमिका खेलेका नेताहरुलाई बदनाम गर्ने र घेराबन्दीमा पार्ने काम भइरहेको पनि बताए । ‘१२ बुँदे शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला रहनुभएन । अहिले म जीवित छु त्यसैले मलाई घेराबन्दीमा पारिएको छ’, प्रचण्डले भने ।

पछिल्लो समय देशमा दुईवटा राजनीति धार देखा परेको उनले बताए । ‘एउटा संविधानको रक्षा गर्ने र अर्को संविधानलाई कुल्चिएर हत्या गर्ने र देशमा तानाशाही तर्फ लैजाने धार छ’, उनले भने । संविधानले दलित, मधेसी,जनजाति, महिला तथा पिछडीएको वर्ग,जनतालाई दिएको अधिकारलाइ अझ विकसित र परिमार्जित गर्नुपर्नेमा प्राप्त अधिकारलाई नै मेटेर पछाडि फकर्ने कुचेष्टा गरिएको उनलेब ताए ।

हजारौंको बिलदानीबाट प्राप्त गरेका अधिकारलाई संरक्षण गर्दै अग्रगमनको बाटोमा हिड्न उनले दलित समुदायलाई आग्रह समेत गरे। लामो समय दलित भएकै कारण भोग्नु परेका अन्याय अत्याचार र विभेदविरुद्ध राज्यले दलित समुदायलाई क्षतिपूर्ति दिनु पर्ने भन्दै उनले त्यसका लागि दलित समुदायका पत्रकारसंगै सिंगो पत्रकारिता जगतले आवाज उठाउनु पर्ने बताए । अध्यक्ष प्रचण्डले पत्रकार महासंघ या मुलधारका सञ्चारमाध्यमहरुको नेतृत्व तहमा पनि अब दलित पत्रकारहरुको उपस्थिती बलियो बनाउन आफ्नो पार्टीले सहयोग गर्ने प्रतिवद्धता जनाए ।