ओलीलाई सरकारबाट हटाउन माओवादी केन्द्र र जसपाबीच सहमत !

नेकपा माओवादी केन्द्र र जसपाबीच प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाउने मौखिक सहमति भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीका शीर्ष नेताहरू भएको छलफलमा ओलीलाई हटाउने सहमति भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । यादवले भने ‘माओवादी केन्द्र र हाम्रा मुद्दा उस्तै–उस्तै छन्, हामी छलफलकै क्रममा छौँ । यत्ति हो, ओलीलाई सरकारबाट हटाउन हामी सहमत छौँ ।’

अर्का अध्यक्ष महन्थ ठाकुरले छलफल सकारात्मक रहेको बताए । जसपाले यसअघि एमाले र कांग्रेससँग छलफल गरेको थियो ।