माधव समूहको भेलामा राधाकृष्ण मैनालीदेखि मोहनचन्द्र अधिकारी सम्म

पुराना वामपन्थी नेताहरु नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा खुलेका छन्। सानेपामा भइरहेको भेलामा झापा आन्दोलनदेखिका नेता मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म सहभागि भएका छन्।

मोदनाथ प्रश्रित, कमल कोइराला लगायतका पुराना एमाले नेताहरु पनि नेपाल पक्षको भेलामा सहभागि भएका छन्। सर्वोच्च अदालतले एमाले र माओवादीको एकतालाई अलग गरिदिएपछि माधव नेपाल समूह एमालेमा फर्केको थियो। उनीहरु एमालेमा फर्के लगत्तै केपी शर्मा ओली समूहले अध्यक्ष र महासचिव बहेकको जिम्मेवारी खोसेको थियो।

केपी ओली र माधव नेपाल लगायका नेताहरुबीच एक पटक छलफल भए पनि त्यसले सार्थकता पाएन। ओली र नेपाल समूह दुई अलग बाटोमा रहेका छन्। आजको भेला एमालेको भेला नभएकोले सहभागि नहुन र भेला गरेमा विधान अनुसार कारवाही गर्ने मंगलबार ओली समूहका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेर चेतावनी दिएका थिए।सानेपामा भइरहेको भेलामा झापा आन्दोलनदेखिका नेता मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म सहभागि भएका छन्।

मोदनाथ प्रश्रित, कमल कोइराला लगायतका पुराना एमाले नेताहरु पनि नेपाल पक्षको भेलामा सहभागि भएका छन्। सर्वोच्च अदालतले एमाले र माओवादीको एकतालाई अलग गरिदिएपछि माधव नेपाल समूह एमालेमा फर्केको थियो। उनीहरु एमालेमा फर्के लगत्तै केपी शर्मा ओली समूहले अध्यक्ष र महासचिव बहेकको जिम्मेवारी खोसेको थियो।

केपी ओली र माधव नेपाल लगायका नेताहरुबीच एक पटक छलफल भए पनि त्यसले सार्थकता पाएन। ओली र नेपाल समूह दुई अलग बाटोमा रहेका छन्। आजको भेला एमालेको भेला नभएकोले सहभागि नहुन र भेला गरेमा विधान अनुसार कारवाही गर्ने मंगलबार ओली समूहका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेर चेतावनी दिएका थिए।