पठाओ-टुटलले सस्तोमा यात्रु ओसारेर ठगी गरे : अध्यक्ष बस्नेत

नेपालमा ट्याक्सीले यात्रु ठग्ने विषय नयाँ होइन । मिटरमा चल्न नमान्ने र मनपरी भाडा असुल्ने ट्याक्सी चालकहरूको प्रवृत्तिबाट यात्रुहरूलाई मुक्ति दिएका छन् राइड सेयरिङ एप पठाओ र टुटलले ।

ट्याक्सीभन्दा निकै सस्तो र सेवा पनि छरितो हुने भएपछि यात्रुहरुमाझ पठाओ र टुटल लोकप्रिय छन् । यसले ट्याक्सी चालकहरूको रोजीरोटी भने संकटमा परेको छ । त्यसैले उनीहरू विभिन्न बहानामा पठाओ-टुटललाई अवरोध गर्दै आएका छन् ।

तीन दिनअघि ट्याक्सी ड्राइभरहरूको एक समूहले पठाओ राइडरमाथि भौतिक आक्रमण गरे । त्यसयता राइड सेयरिङ एपको समर्थनमा सामाजिक सञ्जाल उर्लिएको छ । त्यसयता राइड सेयरिङ एपको समर्थनमा सामाजिक सञ्जाल उर्लिएको छ । यिनै विषयमा नेपाल प्रेससँगको एक अन्तर्वार्तामा नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले पठाओ र टुटल सरकारको नीति-नियम विपरित हिडेको आरोप लगाएका छन्। ट्याक्सी कानुनीरुपमा सरकारले तोकेको भाडादर, राज्यले भने अनुसारको काजपत्र बनाएर सञ्चालन भएको तर पठाओ र टुटल भने सरकारको नीति-नियममा न हिँडेको बताएका छन्।

‘पठाओ र टुटलले सरकारलाई कर पनि तिरेका छैनन् । उनीहरूको भाडा कसैले पनि तोकेको छैन । आफ्नै मनलाग्दी छ ।’ आफैंले भाडा तोकेर पठाओ र टुटलले ठगी काम गरिरहेका उनले आरोप लगाएका छन् ।