नेपालमा विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ : योगेश भट्टराई

नेकपा एमालेका नेता तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ‌ओलीले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरेको कारबाहीलाई भद्धा मजाकको संज्ञा दिएका छन्।

बिहीबार अध्यक्ष ओलीले नेता द्वयलाई कारबाही गरेपछि असन्तुष्टि जनाउँदै नेता भट्टराईले नेपालमा विद्वान, इमान्दार र नैतिकवानमाथि कारबाही हुने गरेको टिप्पणी समेत गरेका छन् । नेता भट्टराईले मुर्ख भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने गरेको बताएका छन्।

‘ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ,’भट्टराईले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्।