ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राणा कालमा भएको भए धरहराको नाम केपी टावर हुने बताएका छन्।

अहिले राणा समय भएको भएर धरहरा पुनर्निर्माण भएको भए यसको नाम केपी टावर हुने उनले बताएका हुन्। पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै शाक्यले भने, ‘राणाकालमा ओली नभइ राणा भएको भए यसको नाम अहिले ओली टावर हुन्थ्यो।

पुरानो धरहरालाई संरक्षण गरेर नयाँ धरहरा बनाएको उनले बताए। पुनर्निर्माणका धरै काम सम्पन्न भएको उनले बताए। रानी पोखरी, दरवार स्कुल निर्माण भइसकेको उनले बताए। काष्ठमण्डप निर्माण सम्पन्न हुँदैगरेको शाक्यले बताए।

ऐतिहासिक दिनमा ऐतिहासिक काम सम्पन्न भएकोमा उनले सबैलाई धन्यवाद दिए। यस अघि धरहरामा राखेको सिलालेख प्रधानमन्त्रीले अनावरण गरेका छन्। उनले २२ औं तलाबाट ओलीले पुष्पवृष्टि गरेका छन्।