धरहरा अब उप्रान्त ढल्दैन, दिपावली गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको भावनाको प्रतीक धरहरा अब उप्रान्त नढल्ने भन्दै घरघरमा दिपावली गर्न सुझाव दिएका छन्।

शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहरा पुनर्निर्माण भएर बलियो भएको भन्दै यो एउटा खुसी र हर्सोल्लासको समय भएकाले जनताहरूलाई दिपावली गरेर खुसी साट्न सुजाएका हुन्।

अहिलेको नयाँ धरहरा निर्माणमा सबै सुरक्षित र सबल सामग्रीहरुको प्रयोग गरिएको हुनाले अब धरहरा कहिल्यै नढल्ने प्रधानमन्त्री ओलीले ठोकुवा गरे । उनले नयाँ धरहरा निर्माणसँगै धरहरा भत्कँदा भएको सबै क्षतिको परिपूर्ति गर्ने बाटोमा सरकार लागेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन्। भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए ।