शिलान्यास र उद्घाटनको साटो अक्सिजन सिलिन्डर लगायत सामाग्रीको जोहो गरौं: बाबुराम भट्टराई

र्पूवप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई सरकार अहिलेको प्राथमिकता छाढेर अन्यत्र लागेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत भट्टराईले अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको तर यसका लागि सरकारले उचित कदम नचाल्न बताउनु भएको हो ।

भट्टराईले अनावश्यक शिलान्यास र उद्घाटनको साटो अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गर्न अपिल पनि गर्नुभएको छ । भारतीय सिमानामा आवश्यक व्यवस्थापन गरी महामारीबाट आम जनतालाई जोखाउन उहाँले सरकारसँग आग्रह गर्नुभएको छ ।

‘कोभिड–१९को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो ! विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्थापन गरौं,’ उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर, भ्यूटावर, धरहरा बनाउँदै गरौंला !’