गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव पेस

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल गरेका हुन्।

गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि गत वैशाख १ गते राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएको थियो। अहिले सांसदहरूलाई छलफलका लागि सभामुखले समय दिएका छन्।