चौधरी इन्चार्ज थपिदा सुनसरीका अधिकांश नेताहरुको असन्तुष्टि, एकमुष्ट राजिनामा आउन सक्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीमा तिब्र असन्तुष्टि देखिदै आएको छ ।

पार्टीको केन्द्रीय कमिटि बैशाख ६,१०,र १२ मा बसेको बैठकले सुनसरी जिल्लामा इन्चार्ज जगदीश प्रसाद कुसियैतलाइ तोकेको थियो र बैठकमा महासचिवले अनुमोदन समेत गरिसकेका थियो तर अहिले पार्टीको अन्तर पार्टी निर्देशिका (अपानी) मा भगवती चौधरीको नाम पनि थपिदा सुनसरीका अधिकांश नेताहरुले पार्टीले बिधि, बिधान, पद्दति मिचेको भन्दै रुस्ट बनेका छन्।

सुनसरी जिल्ला पार्टी सह-इन्चार्ज तयब हुसेन, अध्यक्ष रेवती रवण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिब पर्शुराम यादव, संघठन बिभाग प्रमुख योग्यराज खड्का लगायतले भगवती चौधरीबाट सुनसरी नचल्ने भन्दै केन्द्रमा अनुरोध गर्ने यदि निर्णय नसचिए भगवती चौधरीको इन्चार्जमा काम गर्न नसक्ने भन्दै एकमुष्ट राजिनामा दिने कुरा एक नेताले बताए ।

यता सुनसरी जिल्ला पार्टीका १८ जना राष्टिय प्रतिनिधि सदस्यहरुले पनि सोहि धारणा राखेको बताएका छन्। सदस्यहरु- खेमराज पोख्रेल, ओम कोइराला, लक्ष्मी गौतम, मोतिराज सुनुवार, विजय राइ, सर्वाधोज सावा, मुरारी सुबेदी, रेवती रवण भण्डारी,लस्करी अन्सारी, सरोज पोखरेल, युबराज गौतम, चन्द्र न्यौपाने, लगायतले जगदीश कुसियैत जस्तो कुशल नेतृत्वकर्तालाई पार्टीले घात गरेर चौधरी जस्तो अराजकता, क्षमताहिन मान्छेलाई इन्चार्ज कुनै पनि हालतमा स्वीकार नगर्ने भन्दै संयुक्तरुपमा राजिनामा दिने र सुनसरीमा भगवती चौधरीबाट मात्र जिल्ला चलोस् भन्दै एक सदस्यले आक्रोश पोखेका थिए।

जगदिश प्रसाद कुसीयैत एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् भने भगवती चौधरी वैकल्पिक केन्द्रीय सदस्य हुन्। कुसीयैत २०६४ सालमा सुनसरी जिल्ला पार्टी सचिवालय सदस्य हुँदा चौधरीले पार्टीकाे संगठित सदस्य लिएका हुन्।

यो नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ६ महिनाको अवधिमा ओली पक्ष नेताहरु एक जुट हुदा भगवती चौधरी तथस्ट बसेको र २ महिना अघि मात्र उनी ओली पक्षमा खुलेको नेताहरु बताउछन्। पार्टीको संकटकाल अवस्थामा साथ नदिएको र उता जगदीश कुसियैतको एकल नेतृत्वमा अहिले सुनसरीको हकमा यतिको संगठन बिस्तार नहुने नेताहरु बताउछन् । सुनसरीको भूगोल नबुजी केन्द्रको एकल निर्णयले मात्र भगवती चौधरी इन्चार्ज बनेको र यसरी संगठन बदनाम हुने सुनसरी नेताहरुको आरोप छ।

नेपाल कमुनिष्ट पार्टी (एमाले) ले दसौ राष्ट्रिय महाधिबेशन आयोजक कमिटिको बैठक बैशाख ६,१०,र १२ गते बसेको थियो | उक्त बैठकमा भएको कार्यविभाजन प्रमुख एजेन्डा थियो | सुनसरी जिल्ला पार्टी इन्चार्जमा जगदीश कुसियैतको नाम आएपछि भगवती चौधरी रुदै बाहिरेकी थिन् उनको यस्तो हर्कत देखेपछी उपस्थित सबै केन्द्रीय सदस्यले कारबाहीको माग गरेका थिए तर उनलाई पार्टीले पुरस्कृति गरेपछी नेताहरुले नेपाल कम्युनिष्ट पार्टी एमाले माथिनै गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् |