सरकारले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन तयारी गरेपछि प्रदर्शन

सरकारले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन तयारी गरेपछि प्रदर्शन सुरु भएको छ ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा डा. गोविन्द केसीका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको विरोध गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ओलीको मिसन, सिटामोलमा कमिसन, संविधानमाथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाईं, चिकित्सा शिक्षामाथिको हस्तक्षेप बन्द गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी आधा दर्जनभन्दा बढी युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।