अनाथ भएर अभिभावकत्व पाइन भन्ने स्थिति हुदैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले अनाथ भएर अभिभावकत्व पाइन भन्ने स्थिति हुन नदिने बताएका छन्।

आज सामाजिक सुरक्षा दिवसको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले रेखदेख गर्ने र सहारा दिने कोहि नहुनेहरूका लागि सरकार भएको उल्लेख गरे। विभिन्न चरणको प्रयासपछि आजको अवस्थामा आइपुग्न सफल भएको भन्दै ओलीले सामाजिक सुरक्षा मानव जिवन, राज्य संचालन र समाज संचालनको एउटा अभिन्न अंगको रुपमा रहेको बताएका हुन्।

हरेक नागरिक सचेत हुँदै समाजमा योगदान दिन ओलीले आग्रह गरे। प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाएका छन्।