ड्रागन (सिउडी) फल खेति गर्ने तरिका र प्रविधि

यो एक प्रकारको सिउडी (Hylocereus undatus (Pitahaya)) प्रजातिको विरुवा हो । यसलाई पितया(उष्तबजबथब०को नामले पनि चिनिन्छ । यस्को वैज्ञानिक नाम Hylocereus undatus हो । यस्को स्तम्भ(-stem_) कमजोर भएकोले सपोर्टको आवश्यकता पर्दछ । यस्को लहरा(tendril) ड्रागनको जिब्रो जस्तो हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस्को फल यसो हेर्दा प्याजको गानो जस्तो एक दुई पत्र भएको वोक्रा भित्रको गुदि वास्नादार रातो तथा कुनै कुनै जातको भने सेतो, वैजनी तथा पहेलो गुदि हुन्छ ।

यस्को फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । स्वादका पारखिहरुले सिउडी(ड्रागन) फललाई भगवानले दिएको उपहार पनि भन्दछन् । फलको तौल २०० ग्राम देखि १.२ के.जी.सम्मको हुन्छ । यस्को खेति खास गरिकन थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक(कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरेको पाईन्छ । यस्को फूल रातमा फक्रने भएकोले यसलाई रातकी रानी पनि भनिन्छ । यस्को विरुवा एक पटक लगाए पछि १५–२० वर्ष सम्म उत्पादन दिन सक्दछ ।

मध्य तथा दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र यस्को उद्यगम स्थल मानिन्छ । जापानको ओकिनावा प्रिफेक्चरमा सहकारी तालिमको शिलसिलामा अध्ययन भ्रमणमा सहभागि हुदा त्यस क्षेत्रका कृषकहरुले ग्रिनहाउस भित्र र खुला क्षेत्रमा समेत यस्को खेति व्यापक रुपमा गरेको पाईयो । त्यस क्षेत्रमा सन् १९८० को दशकवाट यस्को खेति गरिदै आएको पाईन्छ । त्यहाको किसानको लागि यो राम्रो आम्दानीको श्रोत मानिन्छ । उचाई, तापक्रम, माटो तथा हावापानीको आधारमा हेर्दा नेपालको पुर्वि तथा मध्य तराइ क्षेत्रमा यस्को खेति संभावना देखिन्छ । नेपालको तराई क्षेत्रमा सिउडी प्रजातिको विरुवा हुर्के बढेको हामीले देखेका छौ ।

ड्रागन फलको महत्व :
– सर्वगुण भएर नै होला सायद यसलाई ईशवरीय फल मानिएको । यस्को सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत गर्दछ
– यस्को नियमित सेवनले शरिरमा रहेको विशाक्त तत्वलाई हटाउछ । साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ ।
– दम तथा कफका रोगिलाई फाइदाजनक मानिन्छ ।
– भिटामिन सि, प्रशस्त मात्रामा पाउने हुदा अनुहारको छाला सुन्दर बनाउनुको साथै चोटपटक लागेर काटेको तन्तुलाई छिटो बढन् मदत गर्नुको साथै रोग प्रतिरोधि शक्ति बढाउन सहयोग गर्दछ ।
– यस्को फलमा भिटामिन वि वान, वि टु, वि थ्रि पाउनुको साथै वहुभिटामिनको श्रोत मानिन्छ र भोक जगाउन सहयोग गर्दछ ।
– यस्को सेवनले आखाको तेज बढ्नुको साथै शरिरलाई तनावमुक्त बनाउछ ।
– यस्मा प्रशस्त मात्रामा क्याल्सियम, फोसफोरस पाईन्छ । यस्को नियमित सेवनले शरिरको हड्डी तथा दाँत बलियो बनाउनुको साथै तन्तुहरुको विकासमा मदत गर्दछ ।
– यस्को नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्न मदत गर्दछ । रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै मधुमेह–२ कम गर्दछ ।
– यसलाई फलको रुपमा, तरकारीको रुपमा, फूलको रुपमा, स्वास्थ्यवद्र्धक, औषधिजन्य तथा पैसाले किन्न नसकिने सम्पदाको रुपमा लिईन्छ ।

एक कप वा १०० ग्राम ड्रागन फलमा पाईने तत्वहरु :
उपलब्ध तत्वहरु उपलब्ध मात्रा
पानी ८२.५ – ८३ ग्राम
प्रोटिन ०.१५९– ०.२२९
खरानी ०.२८
चिल्लो पदार्थ ०.२१– ०.६१
रेसा ०.७– ०.९
क्यारोटिन ०.००५– ०.०१२
क्याल्सियम ६.३– ८.८
फोसफोरस ३०.२ – ३६.१
फलाम ०.५५– ०.६५
भिटामिन बि वान ०.२८–०.४३
भिटामिन बि टु ०.०४३–०.०४५
भिटामिन बि थ्रि ०.२९७ –०.४३
भिटामिन सि ८–९
थायमिन ०.२८ – ०.३०
राईवोपmलेविन ०.०४३ – ०.०४४
नियसिन १.२९७ – १.३
अन्य ०.५४– ०.६८

वहुआयमिक फल भएकोले यस्को उपयोग ताजा खाना, तरकारीको साथै पेयपदार्थ,सौन्दर्य प्रदायक तथा स्वास्थ्य वद्र्धक खाद्य पदार्थ उत्पादन सम्बन्धि उद्योगमा हुने गरेको छ ।

माटो
यस्को खेतिको लागि निकासयुक्त, प्रशस्त मात्रामा पं्रागारिक पदार्थ भएको वलौटे दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त मानिन्छ । माटोको पि.एच मान ५.३ देखि ६.७ सम्म राम्रो मानिन्छ । पितयाको छोटो जरा(१५ देखि ३०से.मी.) हुने हुदा हल्का तथा मलिलो माटो हुनु अति आवश्यक हुन्छ ।

हावापानी
यो एक प्रकारको उष्ण प्रदेशिय हावा पानीमा हुर्कने विरुवा हो । यो प्रजातिको विरुवा वर्षभरी एकनासको पानी पर्ने क्षेत्रमा राम्रोसंग हुर्कने गर्दछ । यस्को खेति समुन्द्र सतहवाट १०० देखि ८०० मिटर उचाई सम्मको क्षेत्रमा व्यवसायिक रुपमा गर्न सकिन्छ । पुर्णरुपमा सूर्यको प्रकाश लाग्ने स्थान यस्को लागि उपयुक्त मानिन्छ । प्रकाश कम परेको अवस्थामा विरुवाको बृद्धि विकास कम भएर जान्छ ।
ड्रागन फलको खेति गरिने मुख्य प्रजातिहरु :

१. गुदी रातो हुने जात :
१.१. हाईलोसेरिएस अनडाटस
– ठुलो फूल भएको, वास्नादार, राति फुल्ने, लहरे प्रजाति ।
– फलको तौल १ के.जी वा सो भन्दा वढि हुने ।
– फलको वाहिरी वोक्रा चिल्लो रातो र भित्रको गुदि चिप्लो सेतो र मसिनो कालो वीया भएको ।
– काण्डमा साना मसिनो काँडा हुन्छ ।

१.२. हाईलोसेरिएस पोलिराइजस
– फलको तौल १ के.जी.सम्म हुन्छ ।
– वाहिरी वोक्रा रातो भित्री गुदी गाढा रातो र कालो मसिनो विया भएको ।
– काण्डमा अलि अलि काँडा हुन्छ ।

२. पहेलो हुने जात
२.१. सेलेनिसेरेस मेगालान्थस
– फल केहि सानो पहेलो वोक्रा भित्र गुदि सेतो विया मसिनो कालो हुन्छ ।
– फलको स्वाद रातो प्रजाति केहि वढि गुलियो ।
– यसमा Heart tonic captine पाईन्छ ।

जमिनको तयारी तथा विरुवा रोप्ने तरिका
विरुवा लगाउने जमिनलाई राम्रोसंग खनजोत गरी प्रशस्त मात्रामा पं्रागारिक मल मिसाई माटो हल्का तथा वुरवुराउदो बनाउनु पर्छ । लाईन देखि लाईनको दुरी २.५ मिटर र वोटवाट वोटको दुरी २ मिटर हुने गरी रेखांकन गर्नु पर्दछ । यसरी विउ अथवा विरुवा लगाउदा १ हेक्टर क्षेत्रफलमा ८००० विरुवा र २००० पोल लाग्दछ । यसको विरुवालाई अडिनको लागि पोल वा खावोको आवश्यकता पर्दछ । चित्रमा जस्तै पोलहरुलाई डोरीले वाधेर विरुवा अडिन दिनु पर्छ । सिउडी विरुवाको उचाई १.५ मिटर सम्म हुन्छ ।

विरुवा अडयाउने पोल पनि त्यसै अनुसारको दिनु पर्दछ । पोललाई ५० से.मि. गाडेर दरो किसीमले अडयाउनु पर्छ । प्रत्येक पोलको वरीपरी ३० से.मि. फरक पर्ने गरी ४ वटा विउ वा विरुवा रोप्नु पर्छ । सोझै विउ रोप्दा ५ से.मि. गहिराईमा र कटिड. विरुवा रोप्दा भने पोलिथिन व्यागमा जति गहिराईमा विरुवा गढेको छ त्यसै अनुसार गाड्नु पर्छ र विरुवालाई केहि मात्रामा पोल तर्फ ढल्काएर रोप्नु पर्छ । विरुवा सारी सकेपछि हल्का सिचाई गरेर विरुवाको वरीपरी पराल वा खरको छापो दिनु पर्छ । जसले गर्दा माटोमा रहेको चिस्यानलाई जोगाएर राख्न मदत गर्दछ ।

विरुवा प्रशारण तरिका
यस्को विरुवाको प्रशारण कलमि तथा विउवाट गरिन्छ । २५—३० से.मि. लामो काण्डको टुक्रालाई पोलि व्यागमा रोपेर नर्सरीमा हुर्काईन्छ र ३ महिना पछि विरुवा रोप्न लायक हुन्छ । पोलि व्यागमा विरुवा तयार गर्दा माटो, वालुवा, पं्रागारिक मलको(१ः१ः१)मिश्रण बनाई कालो पोलि व्याग(९”×१३”) भर्नु पर्छ र विरुवा राप्नु पर्छ । नर्सरीमा विउ रोपेर पनि विरुवा उत्पादन गर्न सकिन्छ । अथवा सोझै पोलको वरपर प्रति पोल ४ वाटा वीउ रोप्न पनि सकिन्छ । नर्सरीको विरुवालाई माटोको चिस्यान अवस्था हेरी पानी दिनु पर्दछ । तर वढि पानी भएमा विरुवाको जरा कुहिन सक्छ ।

मलखाद्य व्यवस्थापन
विरुवा रोप्ने प्रत्येक खाल्डोमा ७–१० के.जी. राम्ररी कुहिएको गोवर मल १००–२०० ग्राम वोकासि मल र ३० ग्राम डि.ए.पि, २५ ग्राम म्युरेट अफ पोटास, २५ ग्राम डर्सभान(क्लोरोपाइरीफस)धुलो मिसाई माटोलाई राम्रोसंग मिलाउनु पर्छ । वानस्पितिक वृद्धिको अवस्थामा नाईट्रोजनयुक्त मल दिनु आवश्यक हुन्छ भने विरुवाको सुषुप्त अवस्था तथा फूल फुल्न सुरु गरेपछि(डिसेम्वर देखि मार्च सम्म) मल दिन बन्द गर्नु पर्छ । वानस्पितिक बृद्धिको अवस्थामा २ हप्ताको फरकमा पातमा फोलियर स्प्रे गर्नु राम्रो मानिन्छ ।

तर फूल फुल्न सुरु गरे पछि भने बन्द गर्नु पर्छ । विरुवामा मल कति दिने र कसरी दिने भन्ने कुरा विरुवाको वृद्धि विकासको अवस्थामा भर पर्दछ । प्रत्येक वर्ष एक वा दुई वर्षको विरुवाको लागि नाइट्रोजन २०० ग्राम, फसफोरस १०० ग्राम र १५ ग्राम पोटास मल दिनु पर्दछ । त्यसैगरी ३ वर्षे विरुवाको लागि नाइट्रोजन ५०० ग्राम, फसफोरस २०० ग्राम र ४००–५०० ग्राम पोटास प्रति वोटमा दिनु पर्दछ । विरुवा ४ वर्षको लागे पछि नाइट्रोजन ८००–१००० ग्राम, फसफोरस ४००–५०० ग्राम र पोटास ५००–८०० ग्राम प्रति वोटमा दिनु पर्दछ । यसै मात्रालाई अन्य ५, ६ वर्षलाई पनि कायम गर्न सकिन्छ ।

काँटछाट
खासगरी विरुवाको सामान्य अवस्था हेरी विरुवामा के कस्तो आकार दिने हो सोही अनुसार उचगलष्लन गर्नु पर्दछ । यसलाई विचमा खुला तथा छाता जस्तो आकार (umbrella shape canopy_ वनाउनु उपयुक्त हुन्छ ।

रोग किरा
यस्को विरुवा कमलो हुने हुदा फल, काण्ड, पात, आँकुरा, फूल, जरा आदिमा विभिन्न किसीमका रोग कीराले आक्रमण गर्न सक्दछ । मुख्य रुपले लाग्ने कीराहरुमा धमिरा, थ्रिप्स, कमिला, कत्ले कीरा, मिलिवग, खपटे, चिप्ले कीरा, गवारो, नेमाटोड, फल कुहाउने झीगा, मुसा, चरा, तथा चमेरो आदि पर्दछन् । माटो भित्र बीने किराको लागि क्लोरोपाईरीफोस प्रयोग गर्न सकिन्छ । रोगको लागि भने कपरयुक्त ढुसिनासक विषादि कपर, कपर अक्सिक्लोराईड, डाइथेन एम ४५, म्यान्कोजेब, आदि प्रयोग गर्न सकिन्छ । फल तयार हुन लागे पछि कम्तिमा १५—२० दिन अगाडीवाट विषादि छर्न वनद गर्नु पर्छ ।

सिंचाई तथा निकास प्रवन्ध
यस्को वोटको वृद्धि अनुसार पानीको आवश्यकता वढ्दै जान्छ । फलको विकास भइ रहेको समयमा पानीको अभाव हुनु हुदैन । तर वोटको फेदमा पानी जमेमा जार कुहिन सक्दछ । तसर्थ पानी सिंचाई गर्दा फेदमा नपर्ने गरी औठी आकारको कुलेसो वनाएर वरीपरी दिनु पर्दछ । गर्मि मौसममा ५–७ दिन विराएर पानी सिंचाई गर्नु पर्दछ । मलखाद्य दिए पछि सिंचाई दिनु अति आवश्यक हुन्छ । यस्को लागि सिंचाई व्यवस्था मेवा वालीको लागि जस्तै हो । धरै पानी भएको अवस्थामा विरुवाको जरा कुहिने र लामो समय सुख्खा भएमा विरुवा ओईलाउन थाल्दछ । यस्को मुख्य कारण भनेको जरा धेरै गहिराईमा नजानु हो। सुख्खावाट जति प्रभाव पर्छ पानी जम्नाले त्यतिकै असर पार्दछ । तसर्थ यस्को लागि उचित सिंचाई व्यवस्थाको साथै राम्रो निकास व्यवस्था गर्नु पर्ने भएकोले निकास कुलो बनाएर पानी कटाउने व्यवस्था मिलाउनु पर्छ । भरखर रोपेको विरुवामा चिस्यान वढि हुने गरेर पानी दिनु हुदैन वरु सुख्खा भए पछि मात्र पानी दिनु राम्रो मानिन्छ ।

उत्पादन

फल तयार भई सके पछि फलसंग जोडिएको टर्मिनल पेटल रातो भएर जान्छ र फलको तलको भाग सुनिएको जस्तो देखिन्छ । पहिलो चक्रको वालीको तयारी Jun– october र दोस्रो चक्रको वाली Dec – Jun मा तयारी हुन्छ । ड्रागनको फल, फूल लागेको ३०—५० दिनमा तयार हुन्छ । प्रति वर्ष ५–६ वाली चक्रको फसल लिन सकिन्छ (between May and November)। फललाई ५ डिग्री सेल्सियस, तापक्रम र ९०% सापेक्षिक आद्रताको अवस्थामा ४० दिन सम्म राख्न सकिन्छ । पहिलो वर्षमा प्रति पोल ८–१० वटा फल लाग्दछ । मुख्य सिजनको रुपमा असोज–फाल्गुन चक्रलाई मानिन्छ । सिउडी फलको उत्पादन प्रति रोपनी २५०–३०० के.जी सम्म हुने गर्दछ । विरुवामा १.५– २ वर्ष पछि फल लाग्न सुरु गर्दछ । एक पटक लगाएको विरुवाले १५–२० वषसम्म फल दिन सक्दछ । विरुवा june महिनामा फुल्न सुरु गर्दछ र october महिना सम्म फुलि रहन्छ ।