व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको छ : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिले व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् ।

सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै देशी विदेशी शक्ति यसमा लागिपरेको बताएका थिए । “संविधान मन नपराउने शक्ति यसमा खेलेका छन्,” उनले भने, “सचेत भएर अघि बढ्न सकेनौँ भने व्यवस्था उल्ट्याइदिने तयारी भइरहेको छ ।”

उनले पटक पटक भइरहेको संसद् विघटन पनि त्यसैको तयारी भएको बताए । “पटक पटक संसद् विघटन गरियो,” उनले भने, “चुनाव नभएपछि संविधान फेल हुन्छ । त्यसमा खेल्ने ग्र्यान्ड डिजाइन भइरहेको छ ।”