कब्जियत र मोटोपन घटाउन काँचो केरा खानुहोस्

हामीले धेरैजसो खाने फलफूलमा पर्छ केरा। प्रायजसोले पाकेको केरा खाएकै हुन्छन्। तर, काँचो केराले पनि स्वास्थ्यलाई फाइदा हुन्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ।

हो, काँचो केरामा प्रशस्त मात्रामा पोटासियम पाइन्छ। यसले नियमित रक्तसंचारमा ठूलो सहयोग गर्छ। साथै मानसिक तनाव पनि कम गर्छ। काँचो केराले पाचन प्रणालीलाई बलियो बनाउँछ। यसले शरीरमा थप उर्जा प्रदान गर्नुका साथै जोर्नी बलियो बनाउनमा मद्दत गर्छ।

काँचो केरामा भिटामिन बी ६ र सी प्रशस्त मात्रामा रहेको हुन्छ जुन स्वास्थ्यका लागि नभइनहुने तत्व हो।काँचो केरालाई तरकारीको रुपमा पनि खान सकिन्छ।पछिल्लो समय काँचो केराबाट मम,अचार बनाउने प्रचलन बढ्दो छ।

वजन घट्छ
यदि तपाई अनावश्यक मोटोपनाको समस्याले पीडित हुनुहुन्छ भने दिनहुँ एउटा काँचो केरा खानुहोस्। मोटोपना घट्दै जान्छ। यसमा हुने फाइबरले खाएको खाना सजिलै पचाउनाका साथै पेटको वेकार तत्व बाहिर निकाल्न मद्धत गर्छ।

कब्जियतको समस्या हट्छ
काँचो केरामा फाइबरको मात्रा प्रशस्त रहेको हुन्छ। खाना खाइसकेपछि वा बिहानपख केरा खाँदा यसले खानालाई सजिलै पचाउने र कब्जियत हुनबाट बचाउँछ।

भोक नियन्त्रण
यदि पटक पटक भोग लागिरहने समस्या छ भने काँचो केराले अौषधिको काम गर्छ। काँचो केरा खाएपछि भोक हट्दै जान्छ। यसमा प्रशस्त मात्रामा पोषक तत्व हुने भएकाले छिटो भोग लाग्न दिँदैन।

मधुमेहबाट बचाउँछ
यदि तपाई मधुमेह रोगबाट ग्रसित हुनुहुन्छ भने काँचो केरा खान सुरु गर्नुहोस्। यसले ग्लुकोजको मात्रा कन्ट्रोल गर्छ। तर नियमित मधुमेहको परीक्षण गर्नु भने बिर्सनु भने हुँदैन।

पाचन क्रिया बलियो बनाउँछ
काँचो केरा नियमित खाँदा यसले पाचक क्रिया मजबुत बनाउँछ। काँचो केराले पाचक रसको काम गर्छ। यसमा क्याल्सियमको मात्रा पनि रहेको हुन्छ। जसले हड्डी बलियो बनाउनमा ठूलो सहयोग गर्छ।