नेपाललाई खोप माग्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली !

कोभिड-१९ महामारीविरुद्ध नेपाललाई तत्काल सहायता प्रदान गर्न आग्रह गर्दै मंगलबार लन्डनमा र्‍याली प्रदर्शन भएको छ । गोर्खा सैनिक संगठनले आयोजना गरेको र्‍याली प्रदर्शनमा अन्य नेपाली समुदाय पनि सहभागि थिए ।

उनीहरुले तत्काल नेपाललाई खोप लगायतका स्वास्थ्य सहायता उपलब्ध गराउनुपर्ने र समान पेन्सन प्रदान गर्नुपर्ने लगायतका माग गरेका थिए । उनीहरुले बेलायती प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिट अघि पनि प्रदर्शन गरेका थिए ।

गतसाता बेलायती सांसदहरुले पनि नेपाललाई सहायता उपलब्ध गराउन दबाब दिँदै विदेशमन्त्री डोमिनिक रावलाई अपिल गरेका थिए । प्लेकार्ड र नारासहित उनीहरुले बेलायती राजधानीमा प्रदर्शन गरेका हुन् ।