सडकमा रोपाइँ गरेर विरोध

धनगढीमा स्थानीयले सडकमा रोपाइँ गरेका छन्।

हसनपुर-शिवनगर हिलाम्य अवस्थामा रहेको सडकमा स्थानीयले हलोगोरुसहित विरोध गर्न रोपाइँ गरेका हुन्। उपमहानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर सडक भत्काएको तर नबनाएको भन्दै विरोध गरेको स्थानीय दिवाकर भट्टले बताए।

उनीहरूले स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्ड समेत बोकेर रोपाइँमा सहभागी भएका थिए। भएका संरचना भत्काउन आउने, बनाउने नआउने भन्दै केहीबेर सरकारविरूद्ध स्थानीयले नाराबाजी पनि गरेका थिए।

पिच अवस्थामा रहेको सडक भत्काएपछि अहिले हिलाम्य भएर सास्ती भोग्नुपरिरहेको स्थानीयको भनाइ छ।