प्रचण्डले भेट्न चाहेनन् भारतीय विदेश सचिवलाई

काठमाडौं –नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबर्द्धन श्रीङ्गलासँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट्न अस्वीकार गरेका छन् ।

नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएका भारतीय विदेश सचिव श्रीङ्गलाले प्रचण्डसँग भेट्न खोजेका थिए । तर, प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद समाधान हुनुपर्ने माग राखेर श्रीङ्गलासँग भेट्न अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लिपुलेकका विषयमा भारतसँग जोडदार आवाज उठाउन नसकेका बेला प्रचण्डले भारतलाई सिधै टक्कर दिएका छन् । प्रचण्डले राष्ट्रियताको विषयमा भारतीय विदेश सचिव श्रीङ्गलासँग अडान राखेका छन् । श्रीङ्गलाले भारतीय राजदूतावास र परराष्ट्र मन्त्रालयमार्फत प्रचण्डको समय लिन खोजेका थिए ।