अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हरायो

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेलाई हराएको छ। ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो। उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे। खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन।

पाराग्वेले अर्जेन्टिनाको पोष्टमा नौ वटा प्रहार गरे पनि गोल हुन सकेन्। जितसँगै अर्जेन्टिना सात अङ्कसहित समूहको शीर्ष स्थानमा पुगेको छ। पाराग्वे भने तीन अङ्कका साथ तेस्रो स्थानमा छ