उत्कृष्ट किसानलाई सुनको कोदालो दिने

दार्चुलाको शैल्यशिखर नगरपालिकाले कृषिमा उत्कृष्ट काम गर्ने एकजना किसानलाई सुनको कोदालोले पुरस्कृत गर्ने घोषणा गरेको छ। बिहीबारआर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने क्रममा नगरपालिकाले उक्त कुराको जानकारी गराएको हो।

किसानहरुलाई प्रोत्साहित गर्नका लागि नगरपालिकाले कृषिमा उत्कृष्ट काम गर्ने एक जनालाई सुनको कोदालो दिइ पुरस्कृत गर्ने घोषणा गरेको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंहले बताए।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४३ करोड ८४ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ।