ब्राण्ड एम्बेसडर बनेपछि मोडल बने गायक सोनु निगम

बलिउडका चर्चित गायक सोनु निगम मोडल बनेका छन् । निगमले फेशन डिजाइनर विक्की इदनानीको लागि मोडलिङ गरेका हुन्। विक्कीले आफ्नो साथी तथा स्टाइलिस्ट अविनाश बामनियसँग मिलेर फेसनको एक कलेक्सन लन्च गरेका छन् । जसको कलेक्सनमा गायक निगमलाई ब्राण्ड एम्बेसडर बनाइएको छ।

‘सोनु निगम निकै राम्रो देखिने प्रतिस्ठित ब्यक्ति हुन्। उनी राम्रो मोडल पनि हुन्’ सोनु फेसनसँग जोडिएको बिषयमा विक्कीले भने ‘म प्रतिभाशाली कलाकार तथा गायक सोनु प्रति आभारी छु । जसले हाम्रो छोटो कलेक्सनलाई ठुलो महत्व दिए।’

विक्कीले निगमलाई रचनात्मक ब्यक्तित्वको रुपमा चर्चा गर्दै उनले गरेको नयाँ कामको परिणाम पनि हेर्न लाएका भएको समेत बताए । उनले आफ्नो अहिलेसम्मको सर्वश्रेष्ठ शुट मध्यको एक निगमको पनि भएको बताए।

विक्कीले अहिलेको कलेक्सन आफ्नो परिवारको छोरीमा समर्पित गरेको बताएका छन्। ‘विक्कीको जीवनको प्रेम उनको बहिनी वीनु दी हुन्। जो उनको पहिलो शिक्षिका थिइन्’ गायक निगमले भने ‘विक्कीको यो पहिलो कलेक्सन हो।’ कलेक्सनका तस्बिर विक्की इदनानी इस्टाग्राम पेजमा समेत उपलब्ध हुने निगमले खुलाएका छन्।