युरो कपमा आज इङ्ल्यान्ड र जर्मनी भिड्दै

युरो कप फुटबल २०२० अन्तर्गत मंगलबार हुने खेलमा जर्मनी र इङ्ल्यान्ड भिड्दैछन्।

यो खेल नेपाली समयअनुसार पौने १० बजे सुरु हुने छ। राती पौने १ बजे सुरु हुने अर्को खेलमा स्विडेन र युक्रेन भिड्नेछन्। यी दुवै खेलका विजेता क्वाटरफाइनलमा आपसमा भिड्नेछन्।

हालसम्म बेल्जियम, इटाली, स्वीट्जरल्यान्ड, स्पेन,चेक गणतन्त्र र डेनमार्क क्वाटरफाइनलमा पुगेका छन्। विश्वकप विजेता फ्रान्स र साविक उपविजेता पोर्चुगलको यात्रा प्रिक्वाटरफाइनलमै सिमित भएको छ।