पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर आउन पूर्वमन्त्री प्रधानको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिले राजतन्त्र फर्काउनुपर्छ भनेर भैरहेको जुलुस तथा प्रदर्शनलाई लिएर गम्भिर टिप्पणी गरेका छन् ।

उनले भने,‘यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन् । म च्यालेन्ज गर्छु । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेण्डा हो । हामीले बोकेर यी परिवर्तन आएको हुन् । राजालाई पार्टी खोल्न चूनौति दिन्छु । त्यो हो डेमोक्रेसी हो । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । तलबाट उठेर आउनुपर्छ ।’

प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाईदा हाँसिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन् । उनले नेपालको सेनाले सिमामा त्यति चासो नलिएको बताएका छन् ।