लोकतन्त्र र संविधानका लागि ‘ओली प्रवृत्ति’को पुनरावृत्ति हुन हुँदैनः नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र संविधान खतरा उन्मुख रहेकोले बताउँदै ओली प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएपछि लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए। यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले सुनाए।

नेपालले आफूले अब के गर्ने भन्ने प्रश्नको जवाफमा विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताए।