बलिउड अभिनेता नसिरुद्दिन शाह अस्पताल भर्ना

प्रशिद्ध बलिउड अभिनेता नसीरुद्दीन शाह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई निमोनिया भएको बताइएको छ। हाल उनको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

उनका म्यानेजरले शाह एक–दुई दिनमै अस्पतालबाट डिस्चार्ज हुने जानकारी गराएका छन्।

७० वर्षीय अभिनेता शाह बलिउडमा आफ्नो उत्कृष्ट अभिनयका लागि प्रशिद्ध छन्। उनले कैयौँ हिट चलचित्रहरुमा काम गरेका छन्।

उनले मासुम, त्रिदेव, सरफरोश, मकबूल, इकबाल, बनारस, परजानिया, इश्किया, बेगम जान लगायत कैयौँ चलचित्रमा अभिनय गरेका छन्।