नन्दासँग वैवाहिक बन्धनमा बाँधिँदै रमेश प्रसाईं

चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । उनी निकै मीठो गीत पनि गाउँछन् ।

रमेश प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन हुन् । उनी समाजसेवामा सक्रिय छिन् । सिंहले बालगृह समेत सञ्चालन गर्दै आएकी छन् ।

यी दुवैलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ ।