अर्थमन्त्री एक्सनमा : रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन कार्यदल गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग स्थापना गर्ने प्रस्ताव गरेका छन् ।

ओलीको प्रस्तावमा रासायनिक मल उद्योग खोल्न अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल रहने गरी तीन सदस्यीय कार्यदलसमेत गठन गर्ने निर्णय सरकारले गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययन शुरू गरिने जानकारी दिए ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित कार्यदलले निकट भविष्यमै कुन मोडेलमा लगानी गर्ने हो, त्यसको सम्भाव्यता अध्ययन गर्नेछ ।