गेम खेल्नेहरुप्रति लक्षित गर्दै सामसङले ल्यायो नयाँ स्मार्टफोन नेपाली बजारमा

सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। ग्यालेक्सी एम३२ फोन नेपाली बजारमा कम्पनीले ल्याएको हो। ६४ मेगापिक्सेलको क्यामेरा सेन्सर भएको फोनमा ६.४ इन्चको एमोलिड डिस्प्ले रहेको छ।

६ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोन मोबाइलमा गेम खेल्नेहरुप्रति लक्षित भएको कम्पनीले बताएको छ। मोबाइलका क्षेत्रमा ट्रेन्डिङ फिचर्सहरुलाई समेटेर आएको यो फोन नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास रहेको छ। टिकाउ ब्याट्रीका कारण निरन्तर गेम खेल्न तथा भिडिओ हेर्न यसले साथ दिने कम्पनीले जानकारी दिएको छ।

कालो, निलो, र सेतो गरी ३ कलरहरुमा उपलब्ध यो फोनका दुई भेरियन्ट छन्। ४/६४ जिबी भेरियन्टको मूल्य २४ हजार ९९९ रुपैयाँ छ भने ६/१२८ भेरियन्टको मूल्य २७ हजार ९९९ रुपैयाँ छ।