ओली सरकारको के हो चाला ? : बाबुराम भट्टराई

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएकोमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विरोध गरेका छन्।

बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो। निषेधाज्ञाबीच पौडेल पुल उद्घाटन कार्यक्रममा गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको केहीबेरमा ट्वीट गर्दै भट्टराईले उक्त घटनाको विरोध गरेका हुन्।

‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार?,’ भट्टराईले भनेका छन्, ‘ओली सरकारको के हो चाला? रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है।’