बाँदरको भेष धारण गरी सडकमा ओली समूहका युवा, माधव नेपाल विरुद्ध नाराबाजी

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बाँदरको मुकुण्डो लगाएर बानेश्वरमा प्रदर्शन गरेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल तथा सत्तारुढ दलका नेताहरूको विरोधमा युवा संघले प्रदर्शन गरेको हो । ‘पछिल्लो समय नेपाली राजनीति र नेकपा एमालेमा केही-केहीले देखाएको बाँदरे प्रवृत्तिविरुद्ध व्यंग्यात्मक बाँदरे जुलुस,’ युवा संघका अध्यक्ष किरण पौडेलले शेयर गरेको फेसबूक बोटमा क्षितिज थेबेले लेखेका छन् ।

तस्वीरमा बाँदरको भेष धारण गरी सडकमा बसेको देख्न सकिन्छ ।