ओलीलाई नेतृ झाँक्रीको आग्रह – पार्टी एकता चाहनुहुन्छ भने पार्टी अध्यक्ष छोड्नुहोस्

एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष छोड्न आग्रह गरेकी छन् ।

मंगलबार साँझ बानेश्वरस्थित अर्याल होटेलमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले पार्टी एकताका लागि ओलीले पार्टी अध्यक्ष छोडेर मार्गप्रशस्त गर्नुपर्ने बताइन् ।

“पार्टी एकता चाहनुहुन्छ भने पार्टी अध्यक्ष छोड्नुहोस्, मार्गप्रशस्त गर्नुहोस्,” उनले भनिन् । उनले आफूहरू सरकारमा सहभागी हुने सम्भावना नरहेको समेत बताइन् ।

उनकाअनुसार आजको बैठकमा आगामी रणनीतिका विषयमा छलफल भएको थियाे ।