अपमान सहेर कोही पनि बस्दैन : माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सुध्रिने र रूपान्तरण हुने पर्खाइमा बसिरहेको बताएका छन् । उनले अपमान सहेर कोही नबस्ने चेतावनी दिए ।

पुष्पलाल स्मृति प्रतिष्ठानले बुधवार काठमाडौंको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लैजानका लागि नेतृत्वमा रहेकाहरू रूपान्तरित हुनुपर्ने बताएका हुन् ।

‘हामी संकल्प गरौं, कम्युनिस्टलाई सही दिशामा लैजाने हो भने रूपान्तरित हुनुपर्छ । हामी पर्खेर हेरेर बसिरहेका छौं, सुध्रिन्छ, रूपान्तरण हुन्छ भनेर,’ नेपालले भने, ‘अपमान सहेर कोही पनि बस्दैन ।’ पार्टीमा सुसंस्कृत बाटो बनाउन चाहेको भन्दै नेपालले दासको मानसिकता स्वीकार्न नसकिने बताए । उनले कम्युनिस्ट पार्टी नीति प्रधान हुने भन्दै व्यक्ति प्रधान भएर चल्न नसक्ने बताए ।

नेता नेपालले सडकमा भइरहेका बाँदर जुलुस प्रदर्शनले वातावरण बिथोल्ने बताए ।