महरालाई उच्च अदालतले दियो सफाइ

यौन दुर्व्यवहारकाे मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ ।

काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको हो । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डाै जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो ।

पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो । उहाँलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाण्डाै जिल्ला अदालतले सफाइ दिएको थियो ।