कोरोना संक्रमणको डर रहेको भन्दै प्रधानमन्त्री ओली बैठकमा आएनन्

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री धुम्बाराहीमा बसिरहेको स्थायी कमिटी बैठकमा नआउने भएका छन् ।

कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै प्रधानमन्त्री ओली बैठकमा नआएका हुन् । आजको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ल्याएका फरक फरक प्रस्तावमाथि छलफल हुदैछ ।

बहुमत आफ्नो विपक्षमा भएपछि ओली यसअघि बालुवाटारमा नै बसेको सचिवालय बैठकमा समेत अनुपस्थित भएका थिए । उनी पार्टीको विवाद सचिवालयमा नै हल गर्नुपर्ने भन्दै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको विपक्षमा रहँदै आएका थिए ।