नेप्सेमा भारी अंकले गिरावट, ६ प्रतिशत घटेपछि कारोबार बन्द

काठमाण्डौ- सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय २३ अंकले घटेर बन्द भएको छ ।

नेप्से परिसूचकमा आज आइतबार ६ प्रतिशत अर्थात् १२३.६४ अंकको फराकिलो अंकले भारी गिरावटको कीर्तिमान बनेको हो । नेपालको सेयर बजारमा अहिलेसम्म नेप्से तेहेरो अंकले घटेको थिएन । आज बिहानै देखि नेप्से परिसूचकमा गिरावट आइरहेका बेला दिउँसो २ः१३ मा १२३.३४ अंकको भारी गिरावटले निर्धारित कारोबार समयअगावै सेयर कारोबार बन्द हुन पुगेको छ ।

परिसूचक १२३.३४ अंकको गिरावट आई नेप्से १९३२.११ विन्दूसम्म झर्दा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये आज कारोबार भएका ४ कम्पनीबाहेक १६९ कम्पनीका सेयरमूल्यमा गिरावट आयो ।