अचुक औषधि पुदीना : अनुहारको सुन्दरता बढाउन देखि कपाल झर्ने समस्याको रोकथाम

नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। पुदीनामा हुने एन्टी ब्याक्टेरियल गुणले अनुहारमा एक्नी पैदा गर्ने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ । जसले अनुहारमा हुने दागधब्बा समेत हटाउँछ । शरीरका भित्रि अंगहरुलाई मात्र होइन बाहिरी सुन्दरता पनि बढाउँछ । साथै, यसको सुगन्धले मानिसहरुलाई आर्कषित पनि गर्छ ।

कपाल झर्न रोक्छ

पुदीनाको पातमा एन्टी अक्सिडेन्टको मात्रा प्रयाप्त पाइन्छ । यो कपाल वृद्धि गर्ने प्रमुख स्रोत हो । पुदीनाका पातले कपाल झर्न समेत रोक्छ । यसका लागि पुदीनाको पातहरुलाई पानीमा उमाल्ने र उक्त पानीलाई चिसो बनाउने र कपालको जरामा लगाउने र केही मिनेटपछि कपालको जरामा मसाज गर्ने त्यसपछि १० देखि १५ मिनेटमा पखाल्ने गर्दा कपाल झर्ने समस्या कम हुन्छ ।

चाउरी कम गर्न

पुदीनाले अनुहारको चाउरी कम गर्छ । पानीमा पुदीनाको पात हालेर उमाल्ने र त्यसलाई छानेर स्प्रे बोतलमा राख्ने र अनुहारमा दिनमा २ वा ३ पटक चर्किने । जसले अनुहारको चाउरीपना हटाउँछ ।यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ। यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ।

पाचन प्रक्रिया बलियो बनाउन

पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडिबुटी हो। यदि अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ।

सुगन्ध बढाउन

पुदीनाले खानाको सुगन्ध बढाउँछ । यसका साथै, पाकेका खानाहरुलाई सजाउन पनि यसको प्रयोग गरिन्छ । यसले भोक पनि बढाउँछ ।

दम निको पार्छ

पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न।