खाली पेटमा मह मिसाएर एक पोटी लसुन दैनिक सेवन गरे यस्ता रोग निको हुन्छन्

मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ । यी दुबै मिसाएर खानुका १० फाइदाः

शरिर र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ । यसले कोलेस्ट्रोल कम हुन्छ र रक्त संचारलाई सन्तुलनमा राख्दछ । यसमा पाइने फस्फरसले दाँत बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ ।

लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर हुनबाट जोगाउन सहयोग गर्दछ । यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसकारण फंगल इन्फेक्सन हटाउन यो फाइदाजनक हुन्छ । यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रुघा खोकीबाट टाढा राख्छ ।

लसुन र महले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको संक्रमणबाट बचाउँछ । यसले रगतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ । यसकारण यो मधुमेहका लागि फाइदाजनक हुन्छ ।यसमा एलिसिन हुन्छ जसले रक्तचापलाई साधारण राख्दछ । यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ ।

यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ ।