प्रधानमन्त्रीद्वारा चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग बालुवाटारमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनको लागि चारै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका हुन् ।

‘प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। त्यसलगत्तै सत्तारुढ दल नेकपा भित्रकै एउटा पक्ष र अरु सबै प्रतिपक्षी दलहरुले सो कदमविरुद्ध आन्दोलन घोषणा गरिसकेका छन्।

आइतबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्‌बाट प्रतिनिधि सभाको विघटनको सिफारिस र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध सुरु भइसकेको छ ।