“एकै चरणमा चुनाव गर्दा सजिलो र सस्तो पर्न जान्छ” – निर्वाचन आयोग

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव एकै चरणमा गर्नुपर्ने सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुएको छ ।

‘एकै चरणमा चुनाव गराउँदा व्यवस्थापनमा सजिलो हुन्छ र आर्थिक हिसाबले सस्तो पनि पर्न जान्छ भन्ने सल्लाह प्रमुख आयुक्तले दिनुभएको छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो । निर्वाचन आयोग सरकारले भनेकै मितिमा चुनाव गराउन तयार रहेको र सरकारको निर्देशन प्राप्त हुनासाथ तयारी थाल्ने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले आइतबार संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते २ चरणमा चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ । यो प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिसक्नुभएको छ ।